८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व : मुख्यमन्त्री राई

अ+ अ-

महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।

सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान दिनुको विकल्प नरहेको सहभागीले बताउँदै महिलामाथि हुने हिंसात्मक घटनाले समाज सुरक्षित हुन नसक्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनीहरुको धारणा छ ।

‘सबैका लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित ‘महिला हिंसा न्यूनीकरण मानवअधिकार संरक्षण एवं सुरक्षाः नेपाल प्रहरीको जवाफदेहिता’ विषयक ‘राष्ट्रिय अभियान’ कार्यक्रममा उनीहरुले उक्त धारणा राखेका हुन्  ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अपराध र हिंसाबाट समाजलाई मुक्त गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न सबैको दायित्व हो भने ।
मुख्यमन्त्री राईले एउटा निश्चित उद्देश्य र लक्ष्य पूरा गर्न राज्य अघि बढिरहेको अवस्थामा सबैको सम्मान हुनुपर्छ भन्दै सरकारले सुरक्षा र सुशासनलाई विशेष जोड दिएको चर्चा गरे ।

उनले प्रदेशको सुरक्षालाई बलियो र सुदृढ बनाउन सरकारले धेरै सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै हिंसामा परेकालाई समाजमा पुनःस्थापित गराउन प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा पुनःस्थापना केन्द्र स्थापना गर्ने जानकारी दिए ।

प्रदेश नं–१ का उपसभामुख सरस्वती पोखरेलले महिलालाई उच्च सम्मान दिनुपर्ने समाजमा महिला हिंसा, बलात्कार र शोषणका घटना बढ्नु दुःख लागेको बताए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि महिलाले पीडित बन्न नपरोस् भन्ने हेतुले नेपाल प्रहरी कार्यरत क्षेत्रमा निकै संवेदनशील छ भन्नुहुँदै अपराधका घटना बढ्नु, यौनजन्य, शोषण र बलात्कार घटना हुनुमा समाजको परिवेशले पनि चित्रण गर्छ भने । उनले कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले काठमाडौँमा रु ५ करोड ८१ लाख लागतमा सिसी क्यामेरा जडान गर्न लागको जानकारी दिँदै समाजलाई सुरक्षित पार्न यस्ता उपकरण सहयोगी रहेको चर्चा गरे ।

उनले बुटबल, सुर्खेत र चितवनमा खुल्ला कारागार निर्माण गर्ने अवधारणा ल्याएको स्पष्ट पार्दै कानूनको अज्ञानतालाई कम गर्न ल्याएको अभियान अहिले एक लाख ९० हजार जनतामा पुगेका र भविष्यमा ६० लाख जनता माझमा पुग्ने जानकारी दिए ।

आयोगका सदस्य मोहना अन्सारीले मानिसले आफ्नो सोचमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र समाजमा महिला सुरक्षित रहन्छन् भने ।  प्रदेशका प्रमुख न्यायधिवक्ता चुडामणि आचार्यले समाजलाई सबै क्षेत्रबाट सुरक्षित पार्न सचेतना र चेतनामूलक कार्यक्रम सञ्चालन हुनुपर्छ भने ।

आयोगका विराटनगर कार्यालय निर्देशक मोहनदेव जोशीले प्रदेश नं.१ अन्तर्गतका १४ जिल्लामा बलात्कार, महिला हिंसा र शोषण, बालविवाह, बेचविखन जस्ता घटनाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा महिला हिंसामा पीडित चारजना महिलाले गोप्य स्थानबाट आफूले भोगेका समस्या कार्यक्रममा टेलिफोनकोमार्फत आउने आवाजलाई म्याकमा राखेर सबैलाई सुनाउँदा धेरै मानिस मलिन भएका थिए ।

आफ्ना चितकार सुनिरहेका मानिसले यस्तो दुःख दिने र हिंसामा पारेर अरुलाई सताउने मानिसलाई कानूनले कडा भन्दा कडा कारवाही हुनुपर्ने भनिरहेका थिए भने प्रहरी महानिरीक्षक खनाले आफ्ना प्रहरीलाई यस्तो घटनाबाट पीडित भएकालाई सहयोग गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस