१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संशोधित विधानले पार्टीलाई सशक्त बनाउँछ : महामन्त्री खड्का

अ+ अ-

 पोखरा । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् ।

नेपाली कांग्रेसले बुधबारदेखि शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे ।

महामन्त्री खड्काले विधानलाई कार्यकर्ताको भावनाअनुरुप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै राज्यको परिवर्तित संरचना, संविधानको भावना एवम् मर्मलाई विधानले आत्मसात् गरेको उल्लेख गरे ।

सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको बताउँदै उनले लोकतन्त्रको रक्षा र विद्यमान विकृति–विसङ्गतिको अन्त्यका लागि पार्टीको आन्तरिक एकता मजबुत बन्नु अपरिहार्य भएको धारणा व्यक्त गरे ।

अभियानअन्तर्गत महामन्त्री खड्काले आजै पोखरा महानगरपालिका–३३ स्थित भरतपोखरीको मालागिरि, बरपौवा, कालिकास्थान, मादी गाउँपालिकाका साथै दूधपोखरी समाज माटेपानी, नेपाली काङ्ग्रेस कास्कीको कार्यालय परिसर लगायतका स्थानमा कार्यकर्ता भेटघाट गरी अन्तरक्रिया गरे ।

जागरण कार्यक्रमअन्तर्गत कास्कीका लागि केन्द्रीय प्रतिनिधि खटिनुभएका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा एक महीनासम्म कार्यक्रम सञ्चालन गरिने जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस