२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध : कांग्रेस

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्दै उनले माध्यमिक तहका विद्यार्थीलाई देश बनाउन के के गर्नुपर्छ भनेर निबन्ध लेख्न लगाए जस्तै सबै विषय समावेश गरिएको बताए ।
नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताए । नीति तथा कार्यक्रममा समावेश गरिएका केही विषय सकारात्मक रहे पनि कार्यान्वयन भने मुस्किल रहेको उनले उल्लेख गरे ।

दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य सहजै पूरा नहुने भएकाले त्यसका लागि थप रु १७ खर्ब लगानी गर्नुपर्नेमा जोड दिँदै नेता सिंहले पूरा हुने मात्रै सपना देख्न सुझाब दिए ।

सोही दलका बालकृष्ण खाँडले सरकारले संविधानको मूल्य र मान्यता विपरीत गतिविधि गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै गलत संस्कार स्थापित गर्न खोजिएको बताए ।

प्रस्तुत नीति तथा कार्यक्रममा चालू आवको नीति तथा कार्यक्रमका विषयलाई निरन्तरता नदिइएको उनले गुनासो गरे ।

कांग्रेसकै देवेन्द्रराज कँडेल र उमा रेग्मीले सरकारको नीति तथा कार्यक्रमले यर्थाथतालाई अवलम्बन गर्न नसकेको आरोप लगाए । संघीय समाजवादी फोरमका उमाशङ्कर अरगरियाले कृषि, पर्यटन, जलविद्युत् क्षेत्रलाई प्रस्तुत कार्यक्रममा प्रमुख प्राथमिकता दिइएकामा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस