२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुण्डिएको अवस्थामा फेला परेकी रुक्सराको दाइजो नदिँदा हत्या गरिएको आशङ्का

अ+ अ-

बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ । ९ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् ।

नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गरेका छन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबेसँग विवाह गरेकी रुक्सरा गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको जिकिर गर्दै भने, ‘मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घर परिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।’माइती पक्षका अनुसार घर परिवारले दैनिक ‘टर्चर’ दिइरहेकाले रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइन् ।

घर परिवारले रु तीन लाख र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेकाले आफू जग्गा बेचेरै पनि मागेको रकम र मोटरसाइकल दाइजो दिने मनसायमा रहेको उनको भनाइ थियो । हत्या भएको एक घण्टाअघि छोरीसँगको कुराकानीमा आफूले ‘म भोलि नै कैलाली आएर छलफल गर्छु ।

जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नू’ भनेको बुबा इस्लामले बताए । केही घण्टापछि नै फेरि फोन आउँदा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

‘होचो टीनले छाएको कोठामा उनीहरू बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घर परिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्’, बुवा इस्लामले भने, ‘सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।’ दाइजो दिन्छुभन्दा पनि छोरीको हत्या गरिएको उनको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस