८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने’

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उनले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताए ।

समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उनले जायज गुनासो मात्र सम्बोधन हुने धारणा राखे । उनका अनुसार प्रशासनिक सेवा समूहका अधिकांश गुनासोलाई सम्बोधन गरिसकेको छ । ‘प्रशासनिकबाहेक अन्य सेवा समूहका गुनासोलाई एक/एक गरेर अध्ययन गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘कर्मचारी समायोजन ऐनअनुसार नै मिल्ने गरी आएका गुनासोलाई सम्बोधन गरिनेछ ।’

उनका अनुसार काम गरिरहेका ठाउँभन्दा धेरै टाढा कर्मचारी समायोजन गरिएका, श्रीमान् श्रीमती फरक ठाउँमा परेका, शारीरिक अपाङ्गता भएका, कडा रोग लागेका कर्मचारीका हकमा निवेदनका आधारमा पुनः समायोजन गरिनेछ । मन्त्री पण्डितले गुनासोमध्ये महिलालाई प्राथमिकतामा राखिने जानकारी गराए ।

सरकारले गत चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा करीब एक लाख ३१ कर्मचारी समायोजन गरेको थियो । उक्त समायोजनप्रति असन्तुष्टि जनाउँदै करीब २० हजार कर्मचारीले पुनरावलोकनका लागि गुनासो व्यवस्थापन समितिमा निवेदन दर्ता गराएका छन् ।

उनले जनताका काम सबैभन्दा बढी स्थानीय तहमा हुने भएकाले स्थानीय तहमा पहिला कर्मचारी पदपूर्ति गरिने जानकारी गराए । ‘स्थानीय तहमा रिक्त कर्मचारीको विवरण माग गरिएको छ’, उनले भने, ‘स्थानीय तहले रिक्त विवरण पठाएपछि लोकसेवा आयोगलाई आउने साता विज्ञापनका लागि पत्र पठाइनेछ ।’ आगामी आर्थिक वर्षदेखि कर्मचारीको अभावले सेवा प्रवाहमा कठिनाइसमेत नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस