५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली विधार्थी समाज कोरियाको छैटौँ खेलकुद महोत्सव भव्यताका साथ सम्पन्न

अ+ अ-

कोरिया । नेपाली विधार्थी समाज कोरिया(सोनसिक) को छैटौँ खेलकुद महोत्सव तथा नव आगन्तुक विधार्थी स्वागत कार्यक्रम यही अप्रिल २७ र २८ तारिख याङनम युनिभर्सिटीमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन नव आगन्तुक विद्यार्थी हरूलाई स्वागतसँगै कोरियामा अध्ययनरत अग्रजहरूको अनुभव साटासाट तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सोनसिकका सल्लाहकार डा. मधुसूदन आतेराय, सोनसिक पूर्वसभापति द्वय डा. तारामान कडायत र आरा जना श्रेष्ठलगायतले आफ्ना अनुभव बताएका थिए ।

सभापति तुलसी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्षेत्र नम्बर ४ उपसभापति राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

दोस्रो दिन वृहत् खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो । उक्त मेलामा फुटबल, भलिबल, बास्केटबल तथा जोक्कु खेल खेलाइएको थियो । फुटबल तर्फ अज्यु युनिभर्सिटी टिम विजेता तथा चोनबुक नेशनल युनिभर्सिटी टिम उपविजेता रह्यो भने भलिबलमा चोनबुक नेशनल युनिभर्सिटी टिमले बाजी मार्दा अज्यु युनिभर्सिटीले दोस्रो स्थान मा चित्त बुझायो ।

त्यसै गरी बास्केटबल र जोक्कु दुवै खेलमा क्वाङवुन युनिभर्सिटी टिम विजेता हुँदा सोनसिक टिम र युङनम युनिभर्सिटी टिम क्रमशः उपविजेता भए ।

सोनसिक सल्लाहकार डा. राजेश चन्द्र जोशी हेनेसा जेनेरल सेक्रेटरी जङ होङ क्वाङ तथा सोनसिक सभापति तुलसी पौडेलले विजेता तथा उपविजेता लाई ट्रफी पदक प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेका थिए ।

कार्यक्रम सोहाद्र वातावरण मा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक तथा सोनसिक क्षेत्र नं ४ उपसभापति राजेन्द्र आचार्यले बताए। उनले सोनसिक १५औ कार्यसमितिको तर्फबाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा अहोरात्र खटिने स्थानीय संयोजन समितीप्रतिसमेत धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस