२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने’

अ+ अ-

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले मन्त्रिपरिषद् बैठकबाट अनिवार्य तथा निःशुल्क शिक्षा ऐन पारित भइसकेको बताए ।

‘अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले बैंकमा खातासमेत खोल्न पाउँदैन’, उनले भने । मन्त्री पोखरेलले चाँडै नै साक्षर नेपाल घोषणा गर्दै शिक्षित नेपाल बनाउने दिशातर्फ अघि बढिरहेको बताए । गत वर्ष तीन लाख १३ हजार बालबालिका विद्यालय बाहिर रहेकामध्ये दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइसकेको र बाँकी ६० हजारलाई स्थानीय सरकारले घरधुरी सर्वेक्षण गरी आफैँले स्वयं घोषणा गर्नुपर्ने मन्त्री पोख्रेलको भनाइ थियो ।

मन्त्री पोखरेलले नेपालको शिक्षामा ७९ प्रतिशत सार्वजनिक शिक्षाको योगदान रहेकाले सार्वजनिक शिक्षाको एजेण्डालाई मजबुत बनाउनुपर्ने र अरु प्रणालीलाई यसको पूरक हुनेगरी लैजानुपर्ने धारणा व्यक्त गरे । विद्यालय तथा विश्वविद्यालयको परीक्षा हुने, नतिजा प्रकाशन हुने, पढाउनेलगायत विषयका सन्दर्भमा देशभरि लागू हुनेगरी शैक्षिक क्यालेण्डर निर्माण गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस