२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलिरह्यो घर, सम्झिइयो दमकल

अ+ अ-

बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो ।

खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुपर्‍यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।

क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा बारुणयन्त्र (दमकल) भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे । आगलागीले क्षति पुर्‍याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् ।

नगरपालिकाले दमकल किन्नुपर्ने आजाव उठ्न थालेका छन् । आगलागीको घटनाले पाठ सिकाएर गएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनका अनुसार समयमै आगो नियन्त्रणमा आएकाले थप क्षति हुन पाएन । बाक्लो बस्ती र पुराना घर भएकाले आगो अन्यत्र फैलिने खतरा थियो । “खानेपानीका पाइप काटेर फोहोरा फालेपछि आगो नियन्त्रणमा आयो”, नगरप्रमुख गेरैले भने ।

तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन् । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ ।

लहरै जोडिएका पुराना घरमा आगलागीको घटना हुँदा बढी जोखिम हुन्छ । मध्यपहाडी लोकमार्ग आसपासमा नयाँ बनेका घरमा भने सहजै दमकल पुग्न सक्छ ।

नगरपालिकाले आगलागी भएको घरमा डेरा गरी बस्ने पाँच परिवारलाई रु दश हजारका दरले राहात उपलब्ध गराएको छ । घरधनी खत्रीलाई पनि यथोचित राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खत्री घर भाडामा लगाएर अहिले वडा नं ६ स्थित चरौँदीको घरमा बस्दै आएका छन् ।

आगलागीले छिमेकी तुलसी साहनीको घरमा पनि क्षति पुगेको जनाइएको छ । आगलागी विद्युत् ‘सर्ट’ हुँदा भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ ५ बजे लागेको आगो दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । शनिबार नै निसीखोला गाउँपालिका–२ बायखोलामा भएको आगलागीमा परी तीन वर्षीय बालक विशाल सुनारको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस