५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै

अ+ अ-

बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको छिनोफानो भएको छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आफ्नो अग्रता कायमै राखेको छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी १३६ पदक जितेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले २५ स्वर्ण, २२ रजत र ३१ कास्यसहित ७८ पदक जितेको छ । प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपाल प्रहरीको पुलिस क्लबले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ७० पदक हासिल गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्यसहित ६२ पदक, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १५ कास्यसहित २७ पदक, छैठौँ स्थानमा रहेको गण्डकी प्रदेशले ६ स्वर्ण, १० रजत र २३ कास्यसहित ३९ पदक र सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित १८ पदक जितेको छ ।

आठौँ स्थानमा रहेको प्रदेश ५ ले चार स्वर्ण, १२ रजत र २५ कास्यसहित ४१ पदक, नवौँ स्थानको प्रदेश १ ले तीन स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ पदक, दशौँ स्थानमा रहेको कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक तथा अन्तिम स्थानमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) ले दुई स्वर्ण र दुई कास्य पदक जितेको छ । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार अझै २२३ स्वर्ण, २२३ रजत र ३३५ कास्यसहित ७८१ पदकको टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस