काठमाडौं । नयाँ शक्ति पार्टीका नेता तथा संयोजक डा. बाबुराम भट्टराईले बारा पर्साका हावाहुरी पीडितलाई आधा महिनाको तलब प्रदान गर्ने भएका छन् । बारा र पर्सामा भीषण आँधीले पुर्याएको क्षतिमा राहात पुनर्स्थापनाका निम्ति उनले आफ्नो आधा महिनाको तलब प्रदान गर्ने भएका हुन् ।
डा. भट्टराईले विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनमा सहयोग गर्न समपूर्ण पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले पार्टी पंक्तिलाई तीन बुंदे सर्कुलर गर्दै बारा पर्सामा भीषा आँधिले परर्याएको अकल्पनीय क्षतिप्रति आफ्नो पार्टी अत्यन्तै दुःखित रहेको बताएका छन् । उनले आफ्नो पार्टीलाई उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।
संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशनसमेत दिएका छन् ।
त्यस्तै राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् । उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी दिएका छन् ।