११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्र सरकारले पठायो हावाहुरी प्रभावित क्षेत्रमा ४६८ वटा त्रिपाल

अ+ अ-

काठमाडौं । संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ ।

५ सय घर परिवार प्रभावित भएको जानकारीका आधारमा त्यति मात्रै त्रिपाल पठाइएको महाशाखाका उपसचिव वेदनिधि खनालले बताए । बारा जिल्ल्लामा १५० वटा त्रिपाल मौज्दात रहेकाले केन्द्र सरकारले ४ सय ६८ त्रिपालमात्रै पठाएको हो ।

अब केन्द्र सरकारसँग २ हजार वटा त्रिपाल मात्रै बाँकी रहेको खनालले जानकारी दिए ।

यसअघि शहरी विकास मन्त्रालय अन्तरगत विपदका लागि आवश्यक सामान किनेर भण्डारण गरिन्थ्यो । तर, हाल त्यो अधिकार गृह मन्त्रालयलाई छ ।

खनालका अनुसार ४ हजार १६८ थान कपडा पनि त्रिपालसँगै पठाइएको छ । ‘खाद्यान्नको व्यवस्थापन सरकारले ब्यहोर्ने गरी हाललाई स्थानीय तहले नै व्यवस्थापन गर्ने निर्णय भएको छ,’ उनले भने,‘ स्थानीय स्तरमा उपलब्ध चामल लगायतका खाद्यान्न स्थानीय तहले नै वितरण गर्छन् ।’

संघीय सरकारले विपदका समयका लागि मौज्दात राख्ने गरिएको हेटौंडास्थित खाद्यान्न समाग्रीको गोदाम घर प्रदेश सरकारलाई नै जिम्मा लगाएको छ । त्यहाँ कुन प्रकृतिका कति सामाग्री मौज्दात छन् भन्ने जानकारी संघीय सरकारलाई छैन ।

प्रतिक्रिया दिनुहोस