काठमाडौं । बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि नेपाली कांग्रेसका सांसदहरुले राहत स्वरुप दुई (२) दिनको तलब बारबरको रकम सहयोग गर्ने भएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सामेबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् ।
यसअघि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक तलब सहयोग गर्ने घोषणा गरेका थिए ।
आइतबार साँझ आएको आधीहुरीबाट बारा र पर्सामा गरी २७ जनाको निधन भएको थियो ।