काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक, २०७५ र लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।