२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दी सदरमुकाम बेनीमा पर्यटन महोत्सव चैत २१ देखि

अ+ अ-

बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।

रेडियोको ११औँ वार्षिकोत्सवको अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले जानकारी दिए ।

स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, म्याग्दी डान्स आइडलको रूपमा एकल नृत्यलगायतका प्रतियोगितासमेत समावेश गरिएको बताइएको छ ।

खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ भने नृत्य प्रतियोगीतामा क्रमशः २५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका वस्तुको प्रदर्शनी र प्रवर्द्धनका लागि आयोजकले १० स्टल निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवं महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए ।

‘महोत्सवलाई हामीले जिल्लाको कला संस्कृतिको संरक्षण र संवर्द्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यावसायिक रूपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचारप्रसार र साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने हाम्रो उद्देश्य हो”, रकालले भने ।

प्रतिक्रिया दिनुहोस