काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रमा निजी विद्यालयको व्यापारिकण अन्त्यसहित सामुदायिक विद्यालयको स्तर माथि उकासेर समृद्धिको लक्ष्य हासिल गरिने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई आज शिक्षालय मासिकद्वारा बधाइ दिन आयोजित कार्यक्रममा उनले यथास्थितिको निरन्तरताका लागि आफूहरुले संघर्ष नगरेको र कम्युनिष्ट सरकार बन्नुको अर्थमा शिक्षामा समाजवादोन्मुख दिशा कोर्न सक्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘शिक्षामा सकारात्मक र गुणात्मक परिवर्तन नगरी समृद्धिको लक्ष्य हासिल हुन सक्दैन, यसका लागि पार्टी र सरकार दृढतापूर्वक न्यायिकरुपमा अघि बढ्न चाहान्छ, निजी विद्यालयलाई बन्दै गराउनुपर्छ भन्ने हामी ठान्दैनौँ तर सार्वजनिक शिक्षा सुधारको कार्यदिशालाई मुख्य प्राथमिकता दिन चाहान्छौँ ।’
प्याब्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले निजी विद्यालयको योगदान र सम्पतिको अधिकारलाई ख्याल गरेर शिक्षामाा नयाँ नीति र कानून ल्याउन सुझाव दिए ।