कञ्चनपुर । ट्रयाक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी रहेको छ ।
विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
ट्र्याक्टर चालक ३८ वर्षीय आनसिंह धामी मृतक बालकका ठूलोबुबा रहेको उनले बताए ।
ट्रयाक्टरआउँदै गर्दा बालक अगाडि परेपछि ठक्कर लागेको बुझिएको छ ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल भीमदत्तनगरमा राखिएको छ ।