काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अवकाश पाएका छन् ।
४ बर्षसम्मको कार्यकाल पुरा गरी शाहले चैत १२ गतेबाट अवकाश पाएका हुन्।
प्रमुख कार्यकारी अधिकृत शाहको अवकास पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।