काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ ।
ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना हुँदा ३५ जान घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरी कार्यालय, फर्पिङका अनुसार, घाइतेहरूलाई उपचारका लागि मनमोहन र वयोधा अस्पताल पठाइएको छ ।
दुर्घटना के कारणले भएको हो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।