५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत

अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेल मै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।

जनकपुरधाममा आजबाट शुरु भएको तेस्रो शहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटनमा मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

विश्वको अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश नं २ को सरकारले समेत प्रादेशिक संरचनाभित्र क्षमतावान् खेलाडीलाई विशेष स्थान दिने बताए । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश नं खेलाडीको उर्बर भूमि रहेको उल्लेख गर्दै खेलाडीलाई उजागर गर्न प्रदेश सरकार हर संभव प्रयास गर्ने बताए।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खेलकूद असल र अनुशासित नागरिक निर्माण गर्ने मूल स्रोत रहेकाले क्षमतावान् खेलाडी पहिचान गर्न वडास्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गरे ।

रुपेशकुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा वन उद्योग तथा पर्यटनराज्यमन्त्री सुरेशकुमार मण्डल, प्रदेशसभा सदस्य सुरिता साह, कौशलकुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेल प्रेमीसहितको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा शहीद सञ्जय चौधरी, नितु यादव, दिलीप यादव, रोहन चौधरीसहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाइ सम्मान गरेका थिए । यही १९ चैत गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाडौं तथा भारतबाट पटना, दरभङ्गा र कानपुर गरी जम्मा ८ वटा टिम सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस