५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल कतारसँग पराजित

अ+ अ-

काठमाडौं । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो । त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाए । रासस

प्रतिक्रिया दिनुहोस