२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृ शिशु आकस्मिक कोषको स्थापना

अ+ अ-

बैतडी । मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको छ ।

गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर कोष खडा गरेका हौँ उनले भने, ‘गरीब विपन्न परिवारका लागि निकै प्रभावकारी हुने विश्वास गरेका छौँ ।’

यसका साथै गाउँपालिकालाई निकट भविष्यमै घरमा हुने शून्य सुत्केरी घोषणा गर्न पनि सहयोग पुग्ने उपाध्यक्ष कार्कीको भनाइ छ । प्रसूति व्यथा लागेकी महिलालाई पालिकाभन्दा आकस्मिक रुपमा बाहिर रेफर गर्नुपरेको खण्डमा यातायात खर्च ब्यहोर्ने गरी कोषको स्थापना गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कोषको स्थापना गरिएको हो”, उनले भने, ‘आमा र बच्चाको ज्यान जोखिमबाट बचाउन सहयोग पुग्नेछ ।’

गाउँपालिकाले कार्यविधिनै बनाएर मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको हो । कोषको लागि चालू आर्थिक वर्षमा एक लाख २० हजार रकमसमेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष मातृ शिशु आकस्मिक कोषको लागि कम रकम विनियोजन गरिएको र अर्को वर्षदेखि उक्त कोषमा रकम थपिने बताइएको छ ।

कोष सञ्चालनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सञ्चालन समितिसमेत गरिएको छ । दोगडाकेदार गाउँपालिकामा हाल आठ सुरक्षित प्रसूति सेवा केन्द्र र पाँच सुरक्षित प्रसूति सेवा एकाइबाट प्रसूति सेवा प्रदान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस