२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा ५२ विद्यार्थीले एसइई दिन नपाउने

अ+ अ-

चितवन । यस वर्ष जिल्लाबाट ५२ विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन । इकाई, परीक्षा शाखाका नायब सुब्बा रघुनाथ अधिकारीले पढ्दै गर्दा विवाह गरेका, आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएका विद्यार्थीको हाजिर नपुगेको बताए ।

गत शैक्षिक सत्रमा जिल्लाका ९७ विद्यार्थीले एसइई परीक्षा दिन पाएका थिएनन् । इकाईका निमित्त प्रमुख रामकृष्ण सिङ्खडाका अनुसार यसवर्ष जिल्लामा ११ हजार २५४ विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । तीमध्ये ५ हजार ६११ छात्र र ५ हजार ६४३ छात्रा रहेको उनले बताए ।

जिल्लाका २२६ विद्यालयका विद्यार्थीले ५४ वटा परीक्षा केन्द्रमार्फत परीक्षा दिँदै छन् । परीक्षार्थीमध्ये एक जनाले बाल सुधार गृह सानोठिमीबाट पनि परीक्षा दिँदै छन् । यस्तै ६ जना न्यून दृष्टियुक्त व्यक्तिले पनि परीक्षा दिन लागेका छन् । यही चैत १० गते बाट एसइई परीक्षा शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस