३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ : बोल्टन

अ+ अ-

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुल्ला रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएा अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास गर्नका लागि लामो समय खर्चिनु भएको बताउँदै दुबै नेताबीच आपसी विश्वास अझ प्रगाढ र सुदृढ भएको स्पष्ट गरे ।

किमसँग तेस्रो शिखर वार्ता गर्नका लागि ट्रम्प तयार हुनुहुन्छ तर समयतालिका भने तय छैन भन्दै बोल्टनले केही समयका लागि दुई नेताबीच बिदावारी मात्र भएको बताए ।

उत्तर कोरियाबाट प्राप्त उपग्रहीय चित्रहरुको विश्लेषणका बारेमा सोधिएको एक प्रश्नमा बोल्टनले कुनै एक व्यावसायिक उपग्रहीय तस्वीरका आधारमा आफूले कुनै अनुमान गर्न नसक्ने स्पष्ट गरे ।

उनले उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी थालेको भनी आएका समाचारहरुका बारेमा वासिङटनले प्योङयाङसँग कुनै सोधीखोजी नगरेको पनि बताए ।

केही दिन अघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि परीक्षण ‘साइट’ पुनः निर्माण गर्न लागेको भनी आएका समाचार सही भए त्यो निराशाजनक हुने प्रतिक्रिया दिएका थिए ।
उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो ।

सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ । उनीहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाइ छ ।

उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भनेका थिए– कुनै विषयमा सम्झौता नै नभए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस