२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विचार परिवर्तन नभएसम्म महिला अधिकार पूर्ण हुँदैन : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताएका छन् ।

१ सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास समाजले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले संविधानमा महिलाका लागि अधिकारको कुनै कमी नभए पनि व्यवहारमा महिलाले अधिकार प्राप्त नगरेको बताउँदै सो को कार्यान्वयनका लागि चेतना र जागरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

अहिले पनि बोक्सी प्रथा, सासूले बुहारीलाई राम्रो व्यवहार नगर्ने, महिला हिंसाजस्ता थुप्रै समस्या रहेको भन्दै उनले महिला र बाहुनले हलो चलाउनु हुँदैन भन्ने पुराना मान्यतालाई भोजपुरका योगमायाजस्ता महिला नेत्रीले आन्दोलन गरेको स्मरण गर्दै महिला पक्षधरलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता बताए ।

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले नेपाली जनताले पहिलोपटक महिलामुखी तथा समावेशी संविधान बनाएको बताए । उनले महिलाले राज्यबाट पाउनुपर्ने अधिकार प्राप्त गरे पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार नपाएकाले उनीहरु विभेदको शिकार भइरहेको बताए । कार्यक्रममा उद्योग, आर्थिक, शिक्षा, समाजसेवा, साहित्य क्षेत्रमा योगदान गर्ने २० महिलालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस