३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा विद्रोह र माओवादीको फ्युजनबाट नेकपा गठन : अध्यक्ष दाहाल

अ+ अ-

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा विद्रोह र माओवादी विद्रोहलाई फ्युजन गरेर नेकपाको गठन भएको बताउँदै पार्टी एकतामाथि कुनै अड्चन आउला कि भनेर शङ्का नगर्न आग्रह गरेका छन् ।

इलामको सुखानी शहीदभूमिमा आज आयोजित झापा विद्रोहका पाँच शहीदको ४६औँ स्मृतिसभामा उनले नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको एकता प्रक्रियालाई अब केही दिनमै अन्तिम रुप दिइने बताए ।

मुलुकमा माओवादी जनयुद्धको नेतृत्व गरिरहेको अवस्थामा तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठकमा आफूले माओवादी विद्रोह र झापा विद्रोहका शहीदलाई साझा शहीद मान्नुपर्ने प्रस्ताव पास गराएको उनले सम्बोधनका क्रममा स्मरण गरे ।

झापा विद्रोह नेपाली राजनीतिक इतिहासमा एउटा कोशेढुङ्गा भएको बताउँदै उनले आजभन्दा ४६ वर्षअघि शहीदले सुखानीमा गरेको बलिदानकै जगमा आजको परिवर्तन सम्भव भएको धारणा व्यक्त गरे ।

‘रोल्पा र झापा केन्द्र भएका दुवै कम्युनिष्ट पार्टी एकै ठाउँ मिलेर नगई हुँदैन भन्ने सोचेर मैले त्यसबेला झापा विद्रोहका शहीदलाई उच्च सम्मान गर्ने प्रस्ताव ल्याएको थिएँ’, नेकपा अध्यक्ष दाहालले भने, ‘नेतृत्वकर्ताका रुपमा मैले त्यतिबेला गरेको निर्णय कति दूरदर्शी थियो भन्ने अहिले हाम्रो एकताले साबित गरिदिएको छ ।’

नेकपाको सरकारले जनताले परिणाम पाउने गरी विकासको रेकर्ड बनाउने उल्लेख गरे नेकपा अध्यक्ष उनले मुलुकलाई समाजवादी मार्गमा लगेर जनतालाई सुखी र समृद्ध बनाउने पार्टीको सङ्कल्प रहेको बताए ।

नेकपा अध्यक्ष दाहाल र उनीसँगै कार्यक्रममा सहभागी प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी ओलीले सुखानीस्थलमा रहेको शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेकपा झापाले आयोजना गरेको सो कार्यक्रममा हालै दिवङ्गत नेकपा नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस