१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भपतन गराउने बढ्दै

अ+ अ-

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले बताए।

‘मानिसमा जनचेतना हुँदाहुँदै पनि चरम लापरवाही गर्ने गरेको देखिन्छ,’ उनले भने, ‘कतिपय महिलाले त वर्षमा २/३ पटकसम्म गर्भपतन गराउन आउने गरेको पाइन्छ ।’

‘गर्भपतन गराउन औजर प्रयोग गर्नुपर्दा रक्तस्राव हुन सक्ने, पाठेघरमा सङ्क्रमण हुन सक्ने र पाठेघरमा प्वाल पर्न गएमा मानिसको मृत्युसमेत हुन सक्छ,’ सूचना अधिकारी वाग्लेले भने, ‘तैपनि महिला शल्यक्रिया गर्न नै रुचाउँछन् । एक चक्की पिल्सले गर्भनिरोध हुन्न भन्ने भ्रम अझै महिलामा रहेका कारणले पनि गर्भपतन गराउने सङ्ख्या बढेको हो ।’

उनले भने, ‘महीनावारी भएको पाँचदेखि निरन्तर एक महीनासम्म पिल्स चक्की खानुपर्छ । पछिल्लो समय गर्भपतन गराउन आउने २० वर्षमुनिका युवतीको सङ्ख्या नगण्य मात्रामा रहेको छ,’सूचना अधिकारी वाग्लेले जानकारी दिए । अहिले अस्पतालमा २० वर्षमाथिका विवाहित महिला नै बढी मात्रामा गर्भपतन गराउन आउने गरेका छन् ।

गर्भपतन गराउन आउने महिलामा पहिलो स्थानमा आदिवासी जनजाति, दोस्रो स्थानमा दलित, तेस्रो स्थानमा ब्राह्मण क्षेत्री समुदायका महिला रहेको उक्त अस्पतालको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष ३०२ को गर्भपतन गरिएकामा यस आवको साउनदेखि पुस मसान्तसम्म १५९ महिलाको गर्भपतन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस