१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई घाइते

अ+ अ-

भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी उच्चरक्तचापका बिरामी थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्सको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस