२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाइ पक्राउ

अ+ अ-

साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोवारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो । अभियुक्तहरुको कोठमा खानतलासी गर्ने क्रममा प्रहरीले कोठाबाट १६ थान फेनरागन, ११ थान नर्फिन र १४ थान डाइजेल्याप गरी जम्मा ४१ थान लागुऔषध बरामद गरेको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार लागुऔषध कारोवारी रहेको जानकारी आएपछि निजको कोठामा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयका छापसहित लागुऔषध बरामद गरेको हो ।

मगरको कोठाबाट प्रहरीले विभिन्न किसिमका लागुऔषध सहित १८ थान मोबाइल, क्यामेरा एकथान, ल्यापटप एकथान र विभिन्न कार्यालय तथा सङ्घसंस्थाको १८९ वटा नक्कली छापहरु बरामद गरेको चन्दले जानकारी दिए ।

दाई सुजन मगरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएपछि निजले आफ्नो भाइको काठमाडौँ चुच्चेपाटीस्थित ‘टावी इन्टरनेशनल कन्सल्टेन्सी’भएको र छापहरु उक्त कन्सल्टेन्सीको रहेको बताएका थिए ।

उक्त जानकारी पछि बौद्ध प्रहरीले तत्काल उक्त कन्सल्टेन्सीमा छापा मार्दा विभिन्न सरकारी कार्यालयका लेटरप्याड, विभिन्न प्रदेश, गाउँपालिका, नगरपालिका तथा वडाले प्रमाणित गरेका नक्कली कागजातहरु फेला पारेको थियो ।

कन्सल्टेन्सीमा छापा मार्दा भेटिएका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाको नक्कली कागजात तथा छापहरु बौद्ध प्रहरीले बरामद गरेको छ । प्रहरीले दाजुभाइलाई लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरेको छ भने थप अनुसन्धानपछि सरकारी कागजात तथा छाप किर्ते गरेको अभियोगमा पनि मुद्दा चलाउने तयारी भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस