४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमा समायोजित एक कर्मचारीको अनुभुति : ‘आफ्नै गाउँ ठाउँमा सेवा गर्न पाउँदा खुसी’

अ+ अ-

काठमाडौँ । संघमा समायोजित भएको खबरले फेसबुकका भित्ता रंगिईरहँदा एक अधिकृतले भने प्रदेशमा समायोजन भएकोमा खुसी व्यक्त गरेका छन् ।

रोजाई अनुशार सुदूर पश्चिम प्रदेश निजामती सेवामा विधिवत समायोजन भएकोमा खुसी हुने अधिकृत हुन् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अधिकृत मोहन चन्द्र जोशी ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजित हुने कर्मचारीको सूची सार्वजनिक गरेसँगै जोशीले प्रदेशमा समायोजित भएको पोष्टसहित लेखेका छन् : ‘मेरो रोजाई अनुसार नै सुदुरपश्चिम प्रदेश निजामती सेवामा विधिवत् समायोजन भएको छ। खर्चिलो संघीयताको भविष्य र कर्मचारीसँग सम्बन्धित अति आवश्यक कानुन नै समायोजन सकिएपछि निर्माण हुन गइरहेको परिप्रेक्ष्यमा वृत्ति विकासका हिसाबले मेरो निर्णय सहि वा गलत जस्तो सुकै भए पनि आफ्नै गाउँ ठाउँमा सेवा गर्ने अवसर पाउँदा म खुशी छु।’

सरकारी जागीरका क्रममा लामो समयय घरबाहिर बस्नुपरेकोले उत्तरार्धमा आफ्नै समाजसँग घुलमिल भई सकेको योगदान गर्ने इच्छाले गाउँ फर्किने मोडमा पुगेको उल्लेख गर्दै उनले भनेका छन् : ‘सकेको योगदान गर्ने भित्री इच्छाले म गाउँफर्किने मोडमा पुगेको छु।’

दैनिक खर्च धान्नै गारो हुने न्यून सरकारी तलवले काठमाडौँमा घर घडेरी जोड्न सकिने अवस्था पनि नभएको र भाडामा बस्दाको दिग्दारीसँगै स्याहारसुसार नपाएको पूख्र्यौली घरबारी पनि प्रदेश रोजाईको कारण भएको जोशीले बताएका छन् ।

शहरीया जीवनशैलीसँग जोड्दै अन्तमा उनले लेखेका छन् : ‘विद्यमान मिसावटयुक्त खाद्यपदार्थदेखि धुलो धूवाँबाट प्रदुषित वातावरणको तुलनामा गाउँको अर्ग्यानिक जिवन शैली र स्वच्छ वातावरणले पनि मलाई आफ्नै घरदेश सुदुरपश्चिमतिर तानेको हुन सक्छ।’

हेर्नुस् उनले फेसबुकमा पोस्ट गरेको स्टेटस

प्रतिक्रिया दिनुहोस