३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार फेरी ३ अंकले ओरालो लाग्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७६ विन्दुले घटेर २३६.१६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ । होटल ५.५, विकास बैंक ३.६८ र उत्पादन ६.२५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ०.९२, व्यापार ४.१४, जलविद्युत् ८.३४, वित्त १.३६, निर्जीवन बीमा ९.०५, अन्य ७.७८, लघुवित्त १.६६ र जीवन बीमा ५३.७५ विन्दुले घटेको छ ।

घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज ९.८७ प्रतिशतले नाफा कमाएका छन् । यस्तै उक्सेल डेभलपमेन्ट बैंक ५।३६, पञ्चकन्या माई हाइड्रो पावर ३.८१, मिर्मिरे लघुवित्त वित्तीय संस्था २.९३ र नबिल इक्विटी फण्डका शेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।

यस्तै कञ्चन डेपलभमेन्ट बैंक ६.८३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ५.२६, अरुण काबेली पावर ४.९०, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.५५, ङादी समूह ४.१६ र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.१६ गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस