२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार समाजप्रति सकारात्मक हुनुपर्छ : मैनाली

अ+ अ-

कोल्भी । बारा जिल्लाको पहिलो कृपा दैनिक पत्रिकाले शनिबार आफ्नो १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीले पत्रकारहरु जहिले पनि समाजप्रति सकरात्मक हुनुपर्ने बताए । उनले पत्रकार भन्ने बित्तीकै नकरात्मक सोच राख्नुपर्ने भन्ने मानसितकताबाट माथि उठ्न पनि आग्रह गरे ।

पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्यूनिष्टछ पार्टीका केन्द्रीय सदस्य बलबिर चौधरी, प्रदेश सभा सदस्य रबिराज दंगाल,कोल्भी नगरपालिकाका मेयर भरत भण्डारी,निजगढ नगरपालिकाकी उपमेयर लीलादेवी लामिछाने खनाल ,कोलभी उधोग बाणिज्य संघका अध्यक्ष महेश कुमार साह,साना किसान सहकारी संघका बिश्वनाथ चौधरी, नेपाल बाणिज्य संघका डुण्डीराज उप्रेती, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ नम्बर प्रदेशका सदस्य भोजराज भट्टराई, जीतलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ तथा काब्य पश्लिकेशनका अध्यक्ष दुष्यन्त चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

ठाकुर र मेहता सम्मानित
यसैबीच कृपा दैनिक पत्रिकाले स्थापना गरेको उमादेवी स्मृति कृयाशिल पत्रकािरता पुरस्कारबाट यस बर्ष कान्तिपुर टिभीमा बाराबाट कार्यरत पत्रकर उपेन्द्र ठाकुरलाई प्र्रदान गरिएको छ । रु. ३० हजार राशीको उक्त पुरस्कार रकम कार्यक्रमका प्रमुख अतिथि अच्यूत मैनालीले सम्मान गरेका हुन् । आफूले पाएको रकम बाराको निजगढमा रहेको मामाघर नेपालका आश्रित बालिबालिकाहरुका लागि सहयोग गर्ने पत्रकार ठाकुरले घोषणा गरेका छन् ।

त्यसरी नै चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिताबाट बाराको सिम्रौनगढका प्रतीक दैनिकका पत्रकार रामेश्वर मेहतालाई सम्मान गरिएको छ । रु. पाँच हजार राशीको उक्त पुरस्कार पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको स्मृतिमा २०६८ सालमा स्थापना गरिएको हो भने उमादेवी पुरस्कार पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमादेवीको नाउँबाट २०७२ सालमा स्थापना गरिएको हो ।

कार्यक्रममा बाराका बरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठकी धर्मपत्नी मायाँ श्रेष्ठको उपचारका लागि रु. १५ हजार र बाराकै करैयाका स्थानीय समिर चौधरीलाई रु.१० हजार प्रदान गरिएको छ । पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा पत्रिका सम्पादक कमल कुमार उपाध्यायले स्वागत मन्तब्य राखो थिए ।

प्रतिक्रिया दिनुहोस