२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई

अ+ अ-

म्याग्दी । सदरमुकाम बेनीबजारको फोहर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।

बेनी र गलेश्वर बजारको फोहर सङ्कलन तथा रातोपहिरोमा निर्माण भएको फोहर व्यवस्थापन केन्द्र सञ्चालनका लागि मङ्गलबार सम्झौता भएको हो । नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि पोखराका सञ्चालक याम दमाईका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको नगर प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

सम्झौताअनुसार नगरपालिकाको ट्याक्टर र कम्प्याक्टर परिचालन गरेर सो फोहर सङ्कलन गरी केन्द्रमा लगेर व्यवस्थापन गरिने भएको छ । एक ट्याक्टर, एक कम्प्याक्टरको इन्धन र मर्मत खर्च तथा चार कर्मचारीको तलबभत्ता कम्पनीले नै ब्यहोर्ने छ ।

फोहर व्यवस्थापनवापतको शुल्क नगरपालिकाले नै उठाउने, नगरपालिकाले ४० र कम्पनीले ६० प्रतिशत शुल्कको आम्दानी लिने सम्झौतामा उल्लेख भएको प्रवक्ता बराइलीले जानकारी दिए । बुधबारदेखि सम्झौता कार्यान्वयन हुने भएको छ ।

नगरपालिकाले वडा नं ८ र ९ को सिमानामा पर्ने रातो पहिरोमा रु ४८ लाख खर्च गरेर गत असोजमा फोहर व्यवस्थापन केन्द्रको पूर्वाधार निर्माण गरेको थियो । वातावरणलाई असर नपर्ने गरी फोहर व्यवस्थापन हुने नगरप्रमुख श्रेष्ठले बताए ।

टोल सुधार समितिसँगको सहकार्यमा घरमै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै भाँडामा राखेर सङ्कलन गरी सोहीअनुसार व्यवस्थापन गर्ने व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । बेनी–गलेश्वर सडकको छेउ र कालीगण्डकी किनारमा फालिदै आएको फोहरको दुर्गन्धका कारण गलेश्वर, जलेश्वर, बगरफाँट र कालीपुलका बासिन्दालाई सकस भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस