३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राडी बेच्न ओखलढुङ्गादेखि काठमाडौंसम्म

अ+ अ-

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का कुमार गुरुङ राडी बेच्न पुसमा काठमाडौं आए । चालीस राडी ल्याएर आएका गुरुङललितपुरको मङ्गलबजारमा साथीकहाँ बस्दै आएका छन् ।

वर्षेनी गुरुङ वर्षायाममा घरमा बसेर राडी बनाउँछन् । हिउँदमा देशका विभिन्न शहरमा पुगेर बेच्ने गर्छन् । उनी मात्रै होइन, परिवारका अन्य सदस्यले समेत राडी बनाउने गर्छन् । राडी बेच्न भने उनी विभिन्न शहर नै धाउँछन् । “पन्ध्र÷सोह्र वर्षको उमेरदेखि नै बुबाको पछि लागेर राडी बेच्न हिँड्न थालेको हुँ”, गुरुङले भने । गाउँका धेरै युवा विदेश पुगेपनि आफूलाई यही बसेर पुख्र्यौली काम गरिरहँदा गर्व लाग्ने उनले बताए । “बाबुबाजेका पालादेखि गरेका काम आफूले गर्ने र सन्तानलाई सिकाउँदा खुसी लाग्छ”, उनले भने ।

गुरुङ राडी बेच्न काठमाडौं, धरान, झापा, मोरङ, नेपालगञ्जलगायत शहरसम्म पुग्छन् । साथीभाइ र आफन्त भएका ठाउँमा उनीहरुकै कोठामा तथा नभएका ठाउँमा होटल र लजमा बस्छन् । उन िराडी बेच्ने क्रममा ५० जिल्ला पुगिसकेको छन् ।“वार्षिक रु १२ लाखसम्म कमाइ हुन्छ”, उनले भने । त्यही पैसाबाट उनले राडी बनाउन ऊन किन्छन् । राडी बेचेर आएको पैसाबाट नै होटलमा बस्ने र भाडा तिर्ने गरेको उनले बताए । गाउँमा बसेर अरु काम गर्नुभन्दा यसमा आम्दानी राम्रो भएको उनको अनुभव छ ।

युवापुस्ताले राडी खासै नरुचाएको गुरुङको अनुभव छ । बुढापाकाले मात्रै रुचाउने हुँदा अहिलेसम्म बजार पाए पनि भविष्यमा नपाउने हो कि भन्ने चिन्ता उनमा छ । “विदेशमा बनेका महङ्गा ओड्ने ओच्छाउनेभन्दा यसको फाइदा धेरै छ” उनले भने । राडी बनाउन भेडाको ऊन किन्न टाढाटाढासम्म पुग्नुपर्ने हुन्छ । केही वर्ष पहिलेसम्म उनको गाउँमै भेँडापालन गरिन्थ्यो । गाउँमै ऊन पाइने हुँदा सजिलो भए पनि अहिले ऊनका लागि धेरै ठाउँ धाउनुपर्ने हुन्छ ।

सामुदायिक वनमा खुलारूपमा वस्तुभाउ चराउन नपाउँदा धेरैले पशुपालन छाडिसकेको गुरुङले बताए । भेँडाको ऊनलाई धोइपखाली गरी सुकाएपछि त्यसलाई कपासजस्तै गरेर फिट्नु पर्छ । त्यसपछि डोरीजस्तै बाट्ने र तान बनाएर राडी बनाउने गरिन्छ । एउटा परिवारका पाँच/छ जनासम्म खटिँदा १० देखि १२ दिनसम्ममा एउटा राडी बन्छ । युवापुस्ता विदेश जान थालेपछि राडी बनाउनेको सङ्ख्या घट्दै गएको गुरुङ बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस