२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाइँसराइको चापले खेतीयोग्य जमीन घट्दै

अ+ अ-

धनगढी । ‘पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न’, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिएका स्थानीय खगराज भण्डारीले भने । साविकमा गाउँपालिका रहेका क्षेत्रलाई नगरपालिकामा समेटिएसँगै गोदावरी नगरका वडासहित कैलालीका कतिपय क्षेत्रका उर्वरभूमि घडेरीमा बिक्री हुने क्रम बढ्न थालेको छ ।

सरकारले अंशबण्डाको काम बाहेकको जग्गाको कित्ताकाट गर्न केही समय रोकेको अवस्थामा केही हदसम्म कित्ताकाटमा कमी आए पनि जग्गाको खरीद बिक्री भने रोकिएको छैन । पहाडबाट तराईमा बसाइँसराइ गर्नेको चाप वर्षेनी बढ्दै गएको छ । खेतीयोग्य जग्गामा घर संरचना बनाउने क्रम बढेको छ ।

‘शहरी क्षेत्रमा संरचना निर्माण हुने क्रम बढ्नु स्वभाविक नै हो’, भण्डारीले भने, ‘नगरपालिकामा समेटिएका ग्रामीण क्षेत्रमा घर संरचना निर्माण हुने क्रम ह्वात्तै बढ्दा खेतीयोग्य जग्गा मासिने क्रम बढेको हो ।’

कैलालीको साविक मालाखेती, गेटा, श्रीपुर र गोदावरी गाविसलाई समेटेर गोदावरी नगरपालिका घोषणा गरिएको हो । पूर्व–पश्चिम राजमार्ग आसपासमा रहेको सो क्षेत्रमा वर्षेनी बसाइँसराइको चाप बढ्दो छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा स्थापना गर्ने प्रस्ताव प्रदेशसभाले पारित गरिसकेको छ । गोदावरीमा स्थायी राजधानी स्थापना हुने भएपछि जग्गा खरीद बिक्री बढेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक राजमार्ग आसपासका क्षेत्रका ग्रामीण बस्तीमा बसाइँसराइको चाप बढेको छ । यस क्षेत्रमा पछिल्लो समय जग्गाको मूल्यसमेत आकासिएको छ ।

‘गाविस कायम रहेको अवस्थामा जग्गाको मूल्य प्रतिकठ्ठा रु पाँच लाख थियो, अहिले रु तीस लाखसम्म पर्छ’, स्थानीयवासी तीर्थराज ओझाले भने, ‘खेतीयोग्य जग्गा सकिन लागेपनि बसोवासका लागि जग्गा खोजी गर्नेको सङ्ख्यामा कमी छैन ।’ गोदावरी नगरपालिका कार्यालयका इञ्जिनीयर जानकी वडेला कार्यालयमा नक्सा दर्ता र पास गराई प्रक्रिया पूरा गरेर घर संरचना निर्माण गर्नेको सङ्ख्या त्यति धेरै नभए पनि नक्सा पास नगराई घर निर्माण गर्नेको सङ्ख्या बढी भएको बताउछन् ।

नगर क्षेत्रमा आव २०७४/७५ मा २९२ घरको नक्सा दर्ता गरिएकामा चालू वर्षको हालसम्ममा १८० घरको नक्सा दर्ता गरिएको छ । गोदावरीलाई राजधानी बनाउने निर्णयले पहाडबाट तराईमा बसाइँसराइ गर्ने क्रम रोकिएको छैन । गोदावरी क्षेत्र बाहेक कैलालीको पूर्व–पश्चिम राजमार्ग आसपासका अन्य क्षेत्रमा जग्गा खरीद गर्नेको सङ्ख्या बढेको छ । ‘खेत घडेरीमा परिणत हुँदा खाद्यान्न सङ्कट निम्तिने खतरा छ’, प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘समयमै बसाइँसराइको चाप रोक्न ठोस् योजना आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस