२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार अविचलित अघि बढ्छ : पर्यटनमन्त्री अधिकारी

अ+ अ-

काठमाडौं । सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी)र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएका हुन् ।

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताउए ।

उनले भने, ‘हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । यस्ता क्रियाकलापका साथै विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन अराजनीति हो तर अब कसैले पनि मुलुकको विकास र समृद्धिलाई रोक्न सक्दैन ।’

नेपाल भ्रमण वर्षलाई लक्ष गरी पर्यटन क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोहीमात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै उनले पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने बताए ।

पर्यटक वृद्धि हुनेक्रम बढेको पछिल्लो तथ्याङ्कले देखाएकाले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कठिनाइ नहुने उल्लेख गरे ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्सलाई)को प्रगति र प्रभावकारिताबिना मुलुकको पर्यटन उद्योग अगाडि बढ्न नसक्ने भन्दै उनले निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेशी पर्यटकलाई नेपालबारे सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने पथप्रदर्शकको पनि जिम्मेवारी भएकाले आफूले सिकेका ज्ञानलाई प्रयोगमा ल्याउन आग्रह गरे।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मुलुकको पर्यटन उद्योगमा दक्ष जनशक्तिको माध्यमबाट प्रवर्द्धननात्मक कामलाई प्रभावकारी बनाउन नयाँ पुस्ताका प्रदर्शकको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

टानका अध्यक्ष नवराज दाहालले मुलुकको पदयात्रा पर्यटनमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ तालीम सञ्चालन गरिएको बताए ।

७३४लाई पथ प्रदर्शक तालीम

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ७३४ लाई पथ प्रदर्शक सम्बन्धी तालीम दिइएको थियो । पर्यटन उद्योगमा आउन चाहने र यस क्षेत्रमा लागेकाको थप क्षमता अभिवृद्धि गर्न तालीम सञ्चालन गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस