२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिकको रगतले बचायो वृद्धालाई

अ+ अ-

डोटी । जिल्ला सदरमुकाम सिलगढीमा तैनाथ नेपाली सेनाको रुद्रध्वज गणका तीन सैनिकले दान गरेको रगतले एक वृद्धाको ज्यान जोगिएको छ । सुदूरपश्चिम पृतना जनसम्पर्क शाखाका अनुसार दीपायल सिलगढी नगरपालिका–५ बस्ने ७५ वर्षीया ललिता केसीलाई सुगर रोगसँगै निमोनिया पनि भएपछि दीपायलस्थित शैलेश्वरी अस्पताल भर्ना गरिएको थियो ।

शरीरमा रगतको मात्रा कमी भएर ज्यान जोगाउन कठीन भएकाले उनलाई रुद्रध्वज गणमा कार्यरत अमल्दार सन्दीप दरै, प्युठ गणेश थोकर तथा सिपाही खिमलाल भण्डारीले एक–एक पिन्ट ‘ए’ पोेटिभ रगतदान गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए ।

रगत दिइएपछि वृद्धाको स्वास्थ्यमा निकै सुधार आएको शैलेश्वरी अस्पतालले जनाएको छ । नेपाली सेनाले आफ्ना सैनिकको ब्लडग्रुप पहिले नै छुट्याएर राख्ने गरेको र चाहिएका बेला जोसुकैलाई पनि रगत दान गर्ने गरेका कारण रगत आवश्यक परे सेनाको ब्यारेकमा बिरामीका मानिस धाउने गरेको स्थानीयवासी तुलसी शाहीले बताए । उनले भने, ‘सेनाले भनेको समयमा रगत दिने भएकाले यहाँका बासिन्दा रगतका लागि अन्य ठाउँ जानुभन्दा पहिले ब्यारेक नै धाउने गर्छन् ।’

शिविरमा ४५३ जनाको उपचार

जिल्लाका उच्च लेकाली भेगमा केही दिनअघि हिमपात भएसँगै चिसो बढेकाले बिरामीको सङ्ख्या बढ्न थालेपछि यहाँस्थित नेपाली सेनाको रुद्रध्वज गणले निःशुल्क स्वास्थ्य शिविर गर्न थालेको छ ।

उक्त गणद्वारा जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३३३ महिला र १२० पुरुषको स्वास्थ्य जाँच गरिएको थियो । गणपति रत्नकेशर खड्काले भने, ‘हामीले निःशुल्क शिविर सञ्चालन गर्यौ, थुप्रै बिरामीले उपचार सेवा पाए, हामी यसैमा खुशी छौँ ।’ दीपायलस्थित उक्त गणले सुदूरपश्चिम पृतनामा कार्यरत नं। ५ फिए जिओपिडी शाखाका चिकित्सक टोलीको सहयोगमा शिविर सञ्चालन गरिरहेको हो ।

यसैगरी सोही गाउँपालिका–४ सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरमा नेपाली सेनाको जिओपिडी शाखाका डा।सुमन थापाले भने, ‘हामीले सञ्चालन गरेको शिविरमा थुप्रै बिरामी आएका थिए, जाँच गर्न हामीलाई भ्याई नभ्याई हुँदा पनि कसैलाई फिर्ता पठाउनु परेन ।’

नागरिकको स्वास्थ्य जाँच तथा स्वास्थ्य उपचारका लागि नेपाली सेनाको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए । शिविरमा नेपाली सेना तथा उक्त विद्यालयका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

ज्येष्ठ नागरिकलाई सम्मान

जिल्लाको सायल गाउँपालिका–४ ले समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साविकको डौड गाविसका अध्यक्ष तेजबहादुर सिंह, वडाकार्यालय भवनका लागि जग्गादाता नवराज उपाध्याय र समाजसेवी तथा तत्कालीन डौड गाविसमा लामो समयसम्म सचिवका रुपमा कार्यरत भीमबहादुर बोगटी रहेका छन् ।

यसैगरी चार ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको वडाध्यक्ष टीका सिंहले जानकारी दिए । साथै वडा नं ४ लाई मदिरा मुक्त गर्न भूमिका निर्वाह गर्नुहुने मदिरा नियन्त्रण समितिका अध्यक्ष जनकबहादुर सिंहलगायत १९ जना पनि सम्मानित भएका थिए ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा यस आर्थिक वर्षमा सम्पन्न भएका र शुरुआत गरिने योजनासमेत सार्वजनिक गरिएको थियो । सो योजनामा डौडदेखि बावनसैन, भल्मा हुँदै झिक्राना र केलाभाडी घङ्गारे झिक्राना सडक यसै वर्ष शुरुवात गरिने उल्लेख छ ।

यसैगरी मदिरा नियन्त्रण अभियान पनि जारी राखिने, वडाभित्रका राष्ट्रिय वनलाई सामुदायिक बनाइने, सामुदायिक वन संरक्षण गरिने, विद्युुत् सेवा विस्तार गरिने, स्वास्थ्य चौकी स्तरोन्नति गरी १५ श्ययाको बनाइने, एम्बुलेन्स सेवा उपलब्ध गराइने, वडा नं ४ भित्रका कार्यालय र विद्यालयमा ई–लाइब्रेरीको व्यवस्था गरिने, टेलिकमको टावरलाई शीघ्र सञ्चालन गर्न पहल गरिने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस