२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ

अ+ अ-

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ गरिएको छ ।

कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए । कूल रु छ करोड ५० लाख लागतमा निर्माण हुने पार्क कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपालीको आकर्षणको केन्द्र हुने तथा नेपाली कृषिको नमूना पार्क र अध्ययन केन्द्रसमेत रहने उनको भनाइ छ ।

पार्क निर्माणले कृषि क्षेत्रप्रति आकर्षण बढ्ने तथा ग्रामीण क्षेत्रबाट भइरहेको जनशक्ति पलायनसमेत रोकिने उनले बताए ।

पार्क निर्माणस्थल निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्गको नजिक रहेकाले यहाँ नेपालीमात्र हैन भारतीय पर्यटक पनि आकर्षित हुने गरी विभिन्न किसिमका फलफूल तथा पुष्पपार्क निर्माण गरी स्थानीय उत्पादनको वृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष हुमागाईंले जानकारी दिए ।

विगतमा ठूलो बस्ती भए पनि पानीको समस्याका कारण बस्ती खाली भएको अति सुन्दर स्थान हो रानी सेरा । ‘यहाँ हामी खानेपानीलगायत सम्पूर्ण आवश्यकीय कुराको पूर्ति गरेर काम गर्छौं’, उनले भने ।

भौगोलिक विकटताका कारण विकासमा पछि परेको गढीको १ नम्बर वडा पार्क निर्माणपछि भने पर्यटन तथा उत्पादनसमेत बढाएर विकासमा अगाडि बढाउँदै लाने सोच रहेको वडाध्यक्ष आइतसिंह लोले बताए ।

मकवानपुरगढीको जतिनै उचाइ रहेकाले जिल्ला तथा जिल्ला बाहिरका विभिन्न स्थानको मनोरम दृश्य अवलोकनसमेत गर्न सकिने उनको भनाइ छ । उनले पार्क व्यवस्थित गरेसँगै घरवासमार्फत गढीमै उत्पादित खाद्य तथा अन्य चिजबिजले अतिथिलाई स्वागत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस