२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार घट्यो

अ+ अ-

काठमाडौं । साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका ११ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक दश उपसमूहको शेयर कारोवार घटेको छ । व्यापार २.८७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ५.६४, होटल १७.२५, विकास बैंक ८.७१, जलविद्युत् १८, वित्त १.०२, निर्जीवन बीमा ३६.३१, उत्पादन १८.५३, अन्य १२.३८, लघुवित्त २.८ र जीवन बीमा ३७.५३ विन्दुले घटेको छ ।

नेपाल धितोपत्र बोर्डले शेयर प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको सन्दर्भमा आज बजारमा सुधार आउने अपेक्षा गरिएको थियो ।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करीब चार प्रतिशतले कमाउँदा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले दुई प्रतिशतले कमाएका छन् । यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाले १.९८, कालिका लघुवित्त वित्तीय संस्थाले १.९७, एभरेष्ट इन्सुरेन्स कम्पनी १.९७, विशाल बजार कम्पनीका शेयरधनीले १.९५ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सानिमा इक्विटी फण्ड ३.७, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ३.०६, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २.८४, महालक्ष्मी विकास बेंक २.८७, अरुण काबेली पावर २.।६७, हिमालयन पावर पार्टनर २.६७ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.६८ गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस