६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलबाट पनि समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव हुने बताएका छन् ।

कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय सिर्जना छात्रछात्रा भलिबल प्रतियोगताको उद्घाटन गर्दै उनले विश्वका विभिन्न राष्ट्र खेलका माध्यमबाट समृद्धि हासिल गरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले खेलबाटै राष्ट्रको विशिष्ट पहिचानसमेत बनाउन सकिनेमा जोड दिँदै सरकारले व्यावसायिक खेलाडी उत्पादन गर्न यस क्षेत्रमा उचित लगानी गर्नुपर्ने बताए । खेल पर्यटनको विकासका लागि सरकारले योजना अगाडि बढाइसकेको उल्लेख गर्दै उनले यस किसिमका प्रतियोगिताले खेलको समग्र विकासमा टेवा पुर्‍याउनेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले प्रतियोगिताबाट उत्कृष्ट बनेका खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै खेलबाटै जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालले पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै ५० हजार दर्शक अट्ने किसिमले निर्माण हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेल क्षेत्रको विकास गर्नुपर्ने बताए ।

उक्त अवसरमा खेल क्षेत्रमा विभिन्न तवरबाट योगदान गर्ने सिर्जना विकास केन्द्रका उपाध्यक्ष इन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, सम्पन्न श्रेष्ठ र श्रीभत्त गुरुङलाई दोसल्ला ओढाइ सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यही माघ १२ गतेसम्म हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १० समूहले सहभागिता जनाउने सिर्जना विकास केन्द्रका अध्यक्ष राजकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस