२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु १ हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ ।

चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ ।

नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिए । ‘नगरपालिकाले महिलाका लागि छुट्याएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौँ,’उपप्रमुख पराजुलीले भने, ‘यसले महिलाको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौँ ।’

यस्ता कार्यक्रमले महिलालाई पुरुषसँग खुल्ला प्रतिस्पर्धा गर्ने हैसियतमा पु¥याउने उनले बताए । ‘हामी लोकसेवाको तयारी कक्षा पढ्न काठमाडौँ नै जानुपर्ने बाध्यता थियो, नगरपालिकाले एकदमै राम्रो कार्यक्रम ल्याएको छ,’तयारी कक्षा पढिरहेकी रस्मिता नेपालीले भने,’हामी अत्यन्तै उत्साहित छौँ, यो कक्षाले लोकसेवामा नाम निस्कन्छ भन्नेमा पनि आशावादी छौँ ।’

कक्षामा सहभागी अर्का विद्यार्थी अस्मिता अधिकारीले नगरपालिकाले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै भने, ‘तयारी कक्षाले हामीलाई आशावादी र उत्साहित बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस