निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजामती आरक्षमा अपाङ्गता : यस्तो छ नयाँ व्यवस्था


प्रशासन विशेष ब्युरो

५ माघ २०७५, शनिबार


निजामती आरक्षमा अपाङ्गता

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनमा अपाङ्गता सम्बन्धी नयाँ व्यवस्था लागू गरिने भएको छ ।

अपाङ्गताको परिभाषा भित्र नपर्ने व्यक्तिहरूले पनि अपाङ्गताको प्रमाणपत्र बनाई अपाङ्गताको सिटमा प्रतिस्पर्धाबाट निजामतीमा प्रवेश गर्दा वास्तविक अपाङ्गता भएका व्यक्तिहरूलाई अन्याय परेको गुनासो पछि निजामती सेवा ऐनमा अपाङ्गता आरक्षण सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।

सङ्घीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदाको दफा ९ को उपदफा ५ मा भनिएको छ ‘अपाङ्गता भएका व्यक्तिको हैसियतमा सो समूहबाट प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले बुझाउने दरखास्तको साथमा प्रचलित कानुन बमोजिमको क, ख वा ग वर्गको अपाङ्गताको प्रमाणपत्रसमेत पेस गर्नु पर्नेछ ।’

उक्त व्यवस्थासँगै अव अपाङ्गताको नाममा सपांगहरुको रजाई बन्द हुने छ भने वास्तविक अपाङ्गता भएका व्यक्तिहरूलाई राहत महसुस हुने छ ।

‘आँखाको पावर अलिकति बढी भएको तथा हात र खुट्टाको कुनै औला बाङ्गो भएको जस्ता प्रमाण पत्र बनाई अपाङ्गता नभएका व्यक्तिले पनि अपाङ्गताका सिटमा प्रतिस्षर्धा गरी उत्तीर्ण हुने दिन अव गए,’ एक उच्च अधिकारीले भने, अव अपाङ्गता आरक्षणको परिभाषालाई सही ट्रयाकमा ल्याउने प्रयास भएको छ ।’

र यो पनि,

संघीय निजामती सेवा ऐनमा तह र श्रेणी : यस्तो छ मिलान र समकक्षता !

निजामतीमा आरक्षण : ‘एक व्यक्तिले एक पटक मात्रै’

Tags :
प्रतिक्रिया दिनुहोस