३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रा. डा. केसीलाई अनशनबाटै दिए विद्यार्थीले चुनौती

अ+ अ-

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् । काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बसेका छन् ।

काठमाडौंस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थाल्नु भएको हो । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।

प्रा डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बस्नुभएको यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । प्रा. डा. केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उनका निकट सहयोगी धर्म गौतम बताउँछन् । चाँडै सङ्घीय संसद्ले प्रा डा केसीका मागलाई विधेयकमा समेट्ने अपेक्षा गरिएको गौतमले बताए ।

थापाले काठमाडौंं उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यो मागले समेत प्रा डा केसीलाई चुनौती दिएको छ । प्रा डा केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा छन् । प्रा डा केसीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही हुनुपर्ने भनी अनशनको मागपत्रमा उल्लेख गरेका छन् ।

थापाले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहन गर्न पन्तका हत्यारासहित सबै दोषीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने माग गरका छन् । नेपालमा एमडी तथा पिजी क्लासको दरबन्दी कम्तीमा एक हजार ५०० पु¥याउने व्यवस्था तत्काल गर्न, अध्ययनका लागि वर्षेनी विदेशिने रु ७० अर्ब रोक्नका लागि प्लस टुमाथिको शिक्षा निःशुल्क गर्न, बङ्गलादेशबाट चिकित्सा विषय पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जनाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, खाडी मुलुकमा रगत र पसिना बेच्न बाध्य नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न आमरण अनशन बसेका थापाको माग छ ।

इलाममै जन्मेका थापाले आफ्ना बुवा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको राससलाई बताउँछन् । स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंंको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको जानकारी उनले दिए ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस