४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद भावनात्मक सम्बन्ध जोड्ने पुल हो -नगर प्रमुख जोशी

अ+ अ-

डोटी । मानिसहरू एक अर्का बिचको भावनात्मक सम्बन्ध जोड्न खेलकुदले पुलको काम गरेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताएका छन् ।

शिखर नगरपालिका डोटीको आयोजना तथा शिखर नगरपालिका वडा नं १० को संयोजनमा शिद्धेश्वर मावि वानेडुङ्रीसैनमा शुक्रवारदेखि सुरु भएको मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख जोशीले खेलकुद स्वास्थ्यका लागि उपयोगी हुनुका साथै मानिसहरू एक अर्का बिचको भावनात्मक सम्बन्धलाई जोड्न पुलको काम गर्ने बताए ।

उनले भने ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने तर्क वर्तमान समय अनुसार उपयुक्त छ तर पनि यसमा अर्को भावनात्मक रूपमा विशेष गरी एक समुदाय र अर्को समुदायबिचको भाइचाराको सम्बन्धलाई नजिक बनाउन समेत सहयोग गर्ने काम गर्छ ।’

नगरपालिका स्तरीय भलिबल प्रतियोगिता भएको हुँदा सबै वडा वाट एक एक टिम गरी ११ वटा टिमहरू बिच प्रतियोगिता हुने वडा नं १० का वडा अध्यक्ष मीन बहादुर बलायरले बताए । उनले भने ‘युवा पुस्ताहरू र अलि बृद्धापुस्ताहरु बिचको सम्बन्ध राम्रो होस भन्नुका साथै समाज निमार्णमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण हुन्न भन्ने सन्देश प्रवाह गर्ने हेतुले सञ्चालन गरेको प्रतियोगितामा प्रथम, द्धितृय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद सहित मेडल प्रमाण पत्र उपलब्ध गराउने कार्यक्रम रहेको छ ।’ अन्य सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र उपलब्ध गराउने समेत अध्यक्ष बलायरले बताए ।

तीन दिन सम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख धौली देवी रावल , नगरपालिका सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, लगायत स्थानीयवासी खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले जानकारी दिए ।

आज वडा नं १ र वडा नं २ बिच भएको प्रतियोगितामा वडा नं २ ले जित हात पारेको हो । वडा नं १० का वडा अध्यक्ष मीन बहादुर बलायरको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमको उद्घाटन शिखर नगरपालिका प्रमुख सिताराम जोशी र वडा नं १० का वडा अध्यक्ष मीन बहादुर बलायरले संयुक्त रूपमा ब्यानर खोलेर उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस