३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अभावमा एम्बुलेन्स सञ्चालन हुनसकेन

अ+ अ-

बैतडी । आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा नवीन्द्र ढकालले बताए । “बेलाबेलामा खराबी आउँदा मर्मत गर्न रकम अभाव भएको छ”, प्रमुख ढकालले भने, “सरोकारवाला निकायसँग आवश्यक रकमको माग गरेका भए पनि कुनै पहल भएको छैन ।”

मर्मतसम्भारका लागि आवश्यक रकम नपुग्दा पाटन नगरपालिकासँग आर्थिक सहयोगका लागि आग्रह गरिएको छ । एम्बुलेन्समा बिरामी बोकेबापत सामान्य भाडा लिने गरेकाले त्यो भाडाको रकमले मर्मतसम्भार गर्न रकम नपुग्ने गरेको बताइएको छ ।

एम्बुलेन्स सञ्चालन समितिले प्रतिकिलोमिटरमा ४० का दरले भाडा लिने व्यवस्था गरेकाले पनि सो मापदण्डको आधारमा मर्मतसम्भार गर्न रकम अभाव हुने गरेको हो । एम्बुलेन्स सञ्चालनको जिम्मेवारी नगरपालिकालाई लिन पनि अनुरोध गरिएको छ ।

यसरी एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा यहाँका नागरिकले समस्या भोग्दै आएका छन् । कुनै गम्भीर प्रकृतिका बिरामी भएको बेला जिल्ला बाहिरका अस्पताल लैजानु पर्दा निजी सवारी साधनमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको स्थानीय दिनेश विष्टले बताए ।

नगरपालिका प्रमुख केशवबहादुर चन्दले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एम्बुलेन्स सेवा नगरपालिकाले आफ्नो जिम्मामा लिने बताए । उनले भने, “एम्बुलेन्सको जिम्मा लिएर नियमित सञ्चालनमा ल्याउँछौँ ।” रासस

प्रतिक्रिया दिनुहोस