६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहितको सम्झौता थप

अ+ अ-

काठमाडौं । इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ ।

रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए ।

पोर्सिजाका व्यवस्थापकले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो । पोर्सिजाको प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पेर्सिजा क्लबका लागि आवश्यक भएको उल्लेख गरिएको छ ।

रोहित अहिले बिदा मनाउन नेपालमा छन् । सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन् । सन् २०१७ पेर्सिजनामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए । त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए । एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यावसायिक फुटबल खेल्न थालेका हुन् । मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए ।

सन्दीपको दोस्रो खेल आज

बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका नेपाली युवा बलर सन्दीप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । लामिछाने रहेको सिलेट सिक्सर्स क्लबले अहिले मध्याह्न चितागोङ भीकिङससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए पनि सन्दीपको टोली पराजित भएको थियो । पहिलो खेलमा पराजित सन्दीपको टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । सिक्सर्स पहिलो खेलमा कोमीला भिक्टोरियन्ससँग पराजित भएको थियो । बिपिएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो खेलमा समेत सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छन् । अष्ट्रेलियामा जारी ‘बिग बास’ लिग बीचैमा छोडेर बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बङ्गलादेश गएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस