२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष पोखरेलले भरे समायोजन फारम, सम्झौता छिटो कार्यान्वयन गर्न जोड

अ+ अ-

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला प्रसाद पोखरेलले समायोजन फारम भरेका छन् ।

समायोजन फारम भर्ने समय सकिन १० दिन बाँकी रहँदा उपाध्यक्ष पोखरेलले सामान्य प्रशासन मन्त्रालयमा पुगी समायोजित हुन चाहेको तह रोजेका हुन् ।

सरकारले पुस ११ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सूचना प्रकाशन गरेको थियो ।

पोखरेलले संघ र स्थानीय तह रोजेका छन् । स्थानीय तहअन्तर्गत काठमाडौँ महागरापालिका र मझुवागढी रोजेको प्रशासनसँग बताएका छन् ।

वृत्ति विकास नरोकिने कुराको ग्यारेन्टी भएको र निजामती सेवा ऐनमा प्रस्ताव पनि भई सकेकोले आफूले फाराम भरेको पोखरेलले बताए ।

‘कर्मचारीको माग सम्बोधन गर्ने सहमति भएको छ,’ उपाध्यक्ष पोखरेलले भने, ‘केही केही विषयलाई टुंग्याउन बाँकी रहेको छ सरकारले ती कुराहरूलाई टुंग्याउनु पर्छ ।’

नायव सुब्बा(नासु) र उपसचिव स्तरको कर्मचारीप्रति अन्याय भएको देखिएको यसलाई तत्काल सम्बोधन गर्न पोखरेलले सुझाएका छन् । ‘केही लेखा अधिकृतलाई व्यवस्थापन गर्ने कुरालाई सरकारले सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यमा ओएण्डएम गर्दा केही विभेद भएका छन् ती कुराहरूलाई सरकारले यथाशीघ्र हटाउनु पर्छ ।’

यससँगै कर्मचारीको तह निर्धारण गरिसकेपछि तत् तत् सेवाको तहको तलब र अहिले खाई पाई आएको ग्रेडको बारेमा क्लियर गर्नुपर्ने उनले बताएका छन् । सरकारले बजेटमा नै बोलिसकेको तह निर्धारण आयोग तत्काल गठन गरी उक्त समस्या टुंग्याउनु पर्ने उनको सुझाव छ ।

मर्यादाक्रम निर्धारण गर्ने लगायत ट्रेड युनियनसँग भएको सम्झौता कार्यान्वयन गर्न छिटो भन्दा छिटो कार्यदल बनाउनसमेत उपाध्यक्ष पोखरेलले सरकारसँग आग्रह गरेका छन् ।

उनले स्थानीय तहमा जाने कर्मचारीलाई बढी सुविधा दिएर पठाउन जोड दिएका छन् ।

‘अहिलेको आवश्यकता भनेको उच्च स्तरको सेवा दिने नै हो निजामती सेवाले,’ उनले भने, ‘त्यो दिन अनुभवी कर्मचारी पठाउने र मोरल्ली हाई बनाएर पठाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस