भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ।
अदालतले भोजपुर नगरपालिका–९ पानीट्यांकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।
न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लिखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ।
तामाङले गत असोज २४ गते आफ्नो इच्छाविपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।