२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक स्तरोन्नति शुरु

अ+ अ-

म्याग्दी । जलजला गाउँपालिका–४ मोहनचोकदेखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक ट्र्याक खुलेको दुई दशकपछि स्तरोन्नति शुरु भएको छ ।

जलजला गाउँपालिकाले बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुँदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नति शुरु गरेको हो । वि.सं. २०५५ मा विश्व खाद्य कार्यक्रमको सहयोगमा ट्र्याक खुलेको सडकलाई जलजला गाउँपालिकाले स्तरोन्नति गर्न लागेको वडाध्यक्ष भिष्म मल्लले जानकारी दिए।

फराकिलो बनाउने, ग्यावियन र पक्की पर्खाल लगाउने, नाली बनाउने, ढलान र कालोपत्र गरिने उनले बताए । गत वर्ष विनियोजन भएको रु ९० लाखबाट उपभोक्ता समितिमार्फत सिद्धको थान भन्ने ठाउँसम्म फराकिलो बनाएको सडकलाई थप बजेट विनियोजन गरेर निरन्तरता दिइएको छ ।

सडकको प्रवेशविन्दुमा पर्ने मोहनचोक नजिकै खोलाको किनार र खेतको बीचमा रहेको २८३ मिटर सडक ढलान गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष इन्द्र मल्लले बताए । आठ मिटर चौडाइमा ढलानका साथै नाली पनि बनाइएको छ ।

सडक स्तरोन्नतिका लागि यस वर्ष गाउँपालिकाले रु ९९ लाख विनियोजन गरेको अध्यक्ष मल्लले बताउनुभयो । गत वर्ष नयाँ ट्र्याक खोलेर घुमाउरो सडकको एक किलोमिटर दूरी छोट्याइएको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा आठ मिटर फराकिलो बनाइने भएको छ ।

स्थानीयवासीलाई सहज रूपमा आवतजावतका साथै तरकारी, सुन्तला, दूधलगायत कृषि उपज निकासीमा सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस