१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हजारलाई घरघरमै सेवा

अ+ अ-

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–७ नं वडा कार्यालयले सञ्चालन गरेको ‘घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिएका छन् ।

अभियानमा वडा कार्यालयबाट दिने सेवासुविधा स्थानीयवासीको घरदैलोमै गएर दिइएको वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले बताए । चारदिने अभियानको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सोमबार कालधारमा उद्घाटन गरेका थिए ।

अभियानअन्तर्गत मङ्गलबार कुरुबास, बुधबार चापाखोरी, जरदेउ र पाण्डे गैरामा सेवा दिइएको र बिहीबार दुल्खुमा सेवा प्रदान गरी समापन गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिए। उनका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, कृषि भेटेरीनरी तथा आवास पुनःनिर्माणका प्राविधिक स्थानीयवासीको घरदैलोमै गएर सेवा दिइएको थियो ।

अभियानअन्तर्गत ९२५ को स्वास्थ्य परीक्षण तथा औषधि वितरण, ६२३ ले पशुसेवा, ३३५ ले विभिन्न बाली तथा माटो परीक्षण, २९ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण, ३७ को जन्मदर्ता, नौ विवाह दर्ता तथा ११ जनाको मृत्यु दर्ता गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिए । उनका अनुसार करीब ५० हजार मालपोत कर सङ्कलन भएको छ ।

अभियानमा पञ्जीकरण सिफारिश, मालपोत कर सङ्कलन, आवास पुनःनिर्माण अनुगमन तथा गुनासो सनुवाइ, स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्राविधिकद्वारा माटो परीक्षण, पशुस्वास्थ्य परीक्षण तथा औषधि वितरण, विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको अवस्था अनुगमन, सामाजिक सुरक्षा भत्ता वितरण तथा पाउनयोग्य व्यक्तिको नामावली सङ्कलन, व्यवसायी दर्ता प्रमाणपत्र वितरणका सेवा प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस