२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमाणमुखी अनुसन्धानमा सिसीटिभीको भूमिका महत्वपूर्ण हुने : महानिरीक्षक खनाल

अ+ अ-

रौतहट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूचना सङकलनको साथै हरेक अपराधिक क्रियाकलाप निगरानी गरी प्रमाणको आधारमा अनुसन्धान गर्न सिसीटिभीको भूमिका महत्वपूर्ण रहने बताएका छन्।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रौतहटको गौर नगरपालिकास्थित जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उक्त नगरपालिकास्थित शहर केन्द्रित महत्वपूर्ण १० स्थानहरुमा जडित अत्याधुनिक वायरलेस सिसीटिभी तथा मोनिटर कक्षको उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटको सक्रिय सहभागिता तथा गौर नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले गौर नगरपालिकाको तर्फबाट जोडिएका उक्त सिसीटिभी जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्रविधि सहित हस्तान्तरण समेत गरे । साथै उनले सिसीटिभी जडान कार्यमा महत्वपूर्ण योगदान दिने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रविधिमैत्री पुलिसिङलाई सिसीटिभी जडान कार्यले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सूचना संयन्त्रलाई अझै मजवुद बनाउने क्रममा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसीटिभी जडान गरिएको उल्लेख गरे । यस कार्यबाट अपराधिक गतिविधि निगरानी गरी अनुसन्धानमा सप्रमाण सहयोगी भूमिका निर्वाह हुने उनले बताए ।

साझेदारी कार्यक्रमले अपराध अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्रमलाई देशका कुनाकुनामा अझै प्रभावकारी रुपमा विस्तार गर्दै लगिनेमा जोड दिए ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यलाय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, जिल्ला समन्वय समितिका सभापति, रौतहट जिल्लास्थित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण समेत गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी कर्मचारीहरुले संगठनको नीति र प्राथमिकताको आधारमा अझै बढी सक्रिय भई जनमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस